नाकाबन्दी हटाउन भारतलाई संयुक्त राष्ट्रसंघको कडा दबाव
काठमाडौं, ५ मंसिर । संयुक्त राष्ट्रसंघले नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीलाई लिएर चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका महामसचिव बानकी मुनले नेपाल र भारतको सीमामा सामान ओसारपसारमा अबरोध भएको भन्दै चिन्ता जनाउनु भएको हो ।महासचिव मुनका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सीमामा अत्यावश्यक सामानको आवागमनमा देखिएको अबरोधप्रति महासचिवले बढ्दो चिन्ता ब्यक्त गर्नु भएको छ ।’
‘उहाँ जीवन बचाउन आवश्यक औषधिको बढ्दो अबरोध र तोडफोडका घटना र मानवीय सहायताको काममा परिरहेको असरले चिन्तित हुनु भएको छ’, महासचिव बानको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले सबै पक्षलाई यो अबरोध बिना बिलम्ब हटाउन आग्रह गर्नु भएको छ साथै नेपालको निर्वाध पारवहन अधिकार रहेकोमा जोड दिनु हुन्छ ।
वानले वार्ता, अहिंसा, भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रता तथा शान्तिपूर्ण बिरोधको सम्मानका लागि जोड दिनुभएको छ ।
राष्ट्रसंघले सबै पक्षलाई लचकता अपनाई आफ्ना असहमतिलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउन पनि आग्रह गरेको छ ।
dainiknepal
0 comments
Write Down Your Responses