क्यानडाको जलसेनामा नेपाली
अमेरिकी मुलुक क्यानडाको नेभी (जलसेना)को उच्च तहमा पहिलो नेपाली प्रवेश गरेका छन् ।तीन प्रकारका सैन्य सेक्सनमध्ये जलसेनाको लेफ्टिनेन्ट तहमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तीलेटका बासिन्दा सुधीरजंग पाँडे काम गरिरहेका छन् । दीपेन्द्र प्रहरी विद्यालयबाट एसएसली र रसियाबाट इन्जिनियरिङ गरेका ४१ वर्षका पाँडे २९ वर्षको उमेरमा क्यानडाको प्रहरी सेवामा प्रवेश गरेका थिए ।
त्यसपछि सन् २००५ मा सिभिल प्रहरी फोर्समा भर्ती भएका उनी त्यसको तीन वर्षपछि सेनातिर आकषिर्त भएका हुन् । उनीपछि त्यहाँको जलसेनामा अर्का एक नेपाली सिपाही थपिएका छन् । आफू मातहत करिब ४० जना सेनालाई सशस्त्र रुपमा परिचालन गरेर त्यहाँको सामुद्रिक सतहबाट आवतजावत गर्ने लागूऔषध कारोबारीको पहिचान र नियन्त्रण गर्ने जिम्मा क्यानेडियन सेनाले उनलाई सुम्पेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
ratopati
0 comments
Write Down Your Responses