तराई मधेसको माग पूरा गर्न कांग्रेसले आजै आफ्ना सांसदसँग छलफल गर्ने
काठमाडौं, ५ मंसिर । सीमाङ्कनलाई लिएर मधेसी मोर्चाले तीन महिनादेखि नाकाबन्दी लगाइ जनतालाई दुःख दिइरहेका बेला नेपाली कांग्रेसले समस्या समाधानका लागि तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग परामर्श गर्दैछ ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज हुने छलफलमा कांग्रेसले मधेसका जनताले खोजेको अधिकार र समस्या समाधानका लागि अपनाउने उपायका विषयमा परामर्श हुनेछ । कांग्रेसले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग निकासका लागि के गर्न सकिन्छ भनेर सुझाव लिनेछ ।
कांग्रेसले संवैधानिक रुपबाट मुलुकलाई निकास दिनुपर्ने जनाउँदै आएको छ । उसले संवैधानिकका साथै राजनीतिक रुपमाबाट पनि छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।
सीमाङ्कनमा खुला भएर छलफल गर्न सकिने जनाएको कांग्रेसले मुलुकलाई आफैले पहल गरी निकास दिन चाहेको छ ।
संसदको बैठक भोलिबाट सुरु हुँदैछ । संसदको बैठकलाई मधेस केन्द्रित दलहरुले अबरोध गर्दै आएका छन् । बैठकमा सदन खुलाउने विषयमा पनि छलफल हुनेछ । कांग्रेसले आफ्ना सांसदसँग एघार बजेपछि छलफल गर्ने कार्यक्रम राखेको छ ।
dainiknepal
0 comments
Write Down Your Responses