बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आज
शनिबार, ५ मंसिरएजेन्सी । विश्व फुटबलका शत्रुका रुपमा हेरिने स्पानिस क्लवहरु बार्सिलोना र रियल मड्रिड आज भिड्दै छन् ।
एल क्लासिको खेल रियलको घरेलु मैदानमा हुदैछ । बर्नावाउमा हुने खेललाई लक्षित गर्दै स्पेननिस प्रहरीले खेल क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ ।
एक साता अघि फ्रान्सको राजधानि पेरिसमा खेल मैदानको बाहिर आतंककारी विस्फोट भएका कारण बार्सिलोना र रियल मड्रिडको खेलमा समेत सुिरक्षा व्यवस्था थप मजुवद बनाइएको हो ।
रियलको मैदान बर्नव्यउमा हुने खेलका लागि साविकको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरिएको छ । बर्नव्यउमा इएल क्लासिकोको सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।
युरोपका अरु लिग अन्तर्गत हुने खेलका लागि पनि सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ । आज खेल सुरु हुनुपूर्व पेरिस आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौनधारण गरिने पनि छ । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ ।
बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन तथा तेस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा चार अंकले अघि छ । बार्सिलोनाको ११ खेलबाट २७, रियल मड्रिडको २४ तथा एथ्लेटिको मड्रिडको २३ अंक छ ।
आज हुने खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी लामो समयको बिश्राम पछि खेल्दै छन् । तर उनी सत प्रतिशत फिट भने भइसकेका छैनन् । जस पलमाससँग खेलमा घाइते भएका थिए ।
nepalsandesh
0 comments
Write Down Your Responses