भारतको नाकाबन्दी विरुद्ध विश्वभर तहल्का, नर्वैमा यसरी उर्लीय नेपाली
शनिबार, ५ मंसिरनर्वे । भारतीय नाकाबन्दीविरुद्ध नर्वेमा पनि प्रदर्शन भएको छ ।
गैर आवसीय नेपाली संघ, जनप्रगतिशिल मन्च, जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च लगायतका विभिन्न संघ संस्थाको सहभागितामा भएको प्रदर्शनमा सयौं नेपालीको सहभागिता रहेको थियो ।
नर्वेको संसद भवन अगाडीको प्रदर्शनमा सहभागि हुन ओस्लो बाहिर निकै टाढा रहेका नेपाली समेत ओस्लो आईपुगेको गैर आवसीय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पण्डितले बताए ।
यत्ति ठुलो संख्या नेपालीको विरोध प्रदर्शन सायद पहिलो पटक भएको र नाकावन्दी अन्तराष्टियकरण गर्न सघाउ पुगेको उनले बताए ।
यस्तै जनप्रगतिशिल मन्चका महासचिव गोरख चन्दले प्रदर्शनमा नेपालीको उत्साहजनक उपस्थित रहेको वताए ।
नाकाबन्दी फिर्ता लिन दबाव दिन नर्वेस्थित भारतीय दुतावासमा ज्ञापन पत्र वुझाउने प्रयास भने विफल भएको थियो। माथिको आदेश भन्दै दुतावासले नेपाली समुदायको ज्ञापन पत्र वुझन नमानेको चन्दले जानकारी दिए ।
यस्तै जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रविक्रम शाही र प्रवासी नेपाली मन्च अध्यक्ष अम्वरवहादुर सिंहले भारतीय नाकाबन्दीविरुद्ध निरन्तर दबाब दिन आवश्यक रहेको बताए ।
प्रदर्शनमा व्याकअफ इण्डिया, नेपालको पारवहन अधिकार बन्चित गर्न पाईदैन जस्ता प्ले कार्ड बोकेर नेपालीहरु ओस्लो सहरमा भेला भएका थिए । विरोध प्रदर्शनमा हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, नर्वे नेस्को, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, बिबेकशील नेपाली, नेपाली पोर्तुगल समाज, नेप्सा, लगायतका संघ संस्थाको सहभागिता रहेको थियो ।
यसैबीच गैर आवसीय नेपाली संघ मकाउले पनि भारतीय नाकाबन्दीविरुद्ध भारतीय दुतावास हङकङमा ज्ञापन पत्र वुझाउने भएको छ । संघका अध्यक्ष मुकेश वरुवालले मकाउमा भारतीय दुतावास नभएकाले हङकङमा ज्ञापन पत्र वुझाउने तयारी भैरहेको बताए ।
नेपाली
nepalsandesh
0 comments
Write Down Your Responses