ओमान जाने भन्दै युुवती कुवेततिर
काठमाडौं, भदौं १ । गलत कागजात र विवरण देखाई कुवेत र सिंगापुर हिँडेका चार युवतीलाई त्रिभुवन विमानस्थलले पक्राउ गरेको छ ।विमानस्थल प्रहरीले वैदेशिक रोजगारीमा ओमान जानेभन्दै ढाँटेर कुबेत जान लागेकी एक युवतीलाई पक्राउ गरिएको हो भने सिंगापुर अध्ययागमनले फर्काएका ३ युवतीलाई विमानस्थल अध्यागमनले पक्राउ गरेको हो । ओमान जाने कागजपत्र देखाएकी कास्कीकी गीता दमाईँको साथबाट कुवेतको पेपर भिसा भेटेपछि प्रहरीले पक्राउ गरेको हो । सिंगापुर अध्यागमनले फर्काइएका पाल्पाकी गंगा पोखरेल,पोखराकी शान्ति गुरुङ र बुटवलकी विनिता कुँबर पनि पक्राउ परेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । www.etajakhabar.com
0 comments
Write Down Your Responses