बन्दको प्रतिकार गर्दै इटहरी खुल्यो
इटहरी : लगातारको बन्दले व्यापार व्यवसाय चौपट भएको भन्दै इटहरीका व्यापारी तथा व्यवसायीहरुले बन्दको प्रतिकार गरेका छन् ।बन्दको अवज्ञा गर्दै बजार खुलाइएको छ भने सवारी साधन पनि सडकमा चलेका छन्।मंगलबार उद्योग वाणिज्य संघ इटहरीको कार्यालयमा बसेको बैठकले बन्दको अवज्ञा गर्दै बजार खोल्ने निर्णय गरेको हो । निरन्तरको बन्दले व्यवसाय नै संकटमा परेको भन्दै व्यवसाय संचालन गर्ने निर्णय गरेका हुन् । स्थानीयले बन्दको प्रतिकार गरेका छन् ।
उद्योग बाणिज्य संघ इटहरकिाअध्यक्ष रोहित प्रसाईले बन्दको अवज्ञा गरेर बजार खुलाउने निर्णय भएको बताए । उनले भने, बन्द भन्दै कति दिन व्यापार व्यवसाय ठप्प पारेर बस्ने । अब जनता आफैले बन्द खोल्छन् र आफ्नो व्यापार व्यवसाय गर्छन । व्यवसायीहरुले बजार खोल्ने निर्णयसँगै सरकारसँग सुरक्षाको माग पनि गरेका छन् ।
जुनसुकै पार्टी र समुहको बन्द, हट्ताल अबज्ञा गर्ने सहमति भएको पनि प्रसाईले बताए। पछिल्लो समय सुनसरीको इटहरी पूर्वाञ्चलकै व्यपारीक केन्द्र भएका कारण बन्द र हड्तालको असर पूर्वाञ्चलका १६ वटै जिल्ला प्रभावित हुन्छन् र करौडौको कारोवार ठप्प हुने गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले इटहरीका व्यापारीले शान्ति सुरक्षा माग गर्दै बजार खुलेर व्यवसाय संचालन गर्नु स्वागतयोग्य भएको बताउँदै सरकारले सक्दो सुरक्षा प्रदान गर्ने स्पष्ट पारे। बन्दकर्ताहरुलाई स्थानीय व्यवसायी तथा मधेस प्रदेशको मागगर्दै मधेसी मोर्चाले आव्हान गरेको बन्द सुनसरीको धरान इटहरी तरहरा , झुम्काबासीले प्रतिकार स्वरुप व्यवसाय संचालन गरेका छन् ।
धरान, इटहरी, तरहरा महेन्द्रनगर बजार पूर्ण रुपमा खुल्ला गरिएका छन् ।सवारी साधन संचालनमा आएका छन् । त्यस्तै मोरङको गछिया, गाठगाऊ, विराटचोक, बेलवारी, पथरी, उर्लावारीमा समेत बजार तथायातायातका साधन संचालनमाआएका छन् ।
annapurnapost.com
0 comments
Write Down Your Responses