मिलेर बसेका थारु र पहाडीलाई फुटाउने खेल हुँदैछ : देउवा
देउवाको प्रश्न : यस्तो झुट बोल्ने बाबुराम कसरी डाक्टर भए ?काठमाडौँ : कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरेका छन्।
उनले सम्वाद समितिका सभापति बाबुराम भट्टराईले आफूलाई थारु विरोधी नेताको भनेकोमा कडा आपत्ति जनाए। उनले भने, को हो त्यो बाबुराम मलाई थारु विरोधी भन्ने। यस्ता झुटा कुरा गर्ने। देउवा आक्राशित हुँदै भने, यस्ता झुटो बोल्ने बाबुराम कसरी डाक्टर भए, उनले कसरी पिएचडी गरे ?
देउवाले आफू कहिल्यै पनि थारु विरोधी हुन नसक्ने बताउँदै भने, जो व्यक्ति कमैया मुक्ति र थारु अधिकारका लागि सधै लडिरह्यो, उ कसरी थारु विरोधी हुनसक्छ ? उनले थारु समुदायको अधिकार अवसर र सम्मानका लागि आफू सधै लडिरहने बताएका थिए।
चार दलको शीर्ष बैठकमा कैलाली र कञ्चनपुरको एक इन्च जमिन थारुलाई नदिने भनेर देउवाले अडान राखेको भन्दै प्रचार गरिएपछि देउवा आक्रोशित भएका हुन्। बाबुराम भट्टराईले पनि देउवालाई लक्षित गर्दै सामाजिक सञ्जालमा केही सन्देश राखेका थिए।
कांग्रेस नेता गोपालमान श्रेष्ठले आपसी मेलमिलाप र सद्भाव कायम गरेर जतिसक्दो छिटो संविधान जारी गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा सिँचाइमन्त्री नारायणप्रकाश साउदले हिमाल, पहाड र तराईका नेपाली आपसमा मिलेर बसेकामा भेद ल्याउने समूहका पछाडि नलाग्न आह्वान गर्दै संविधान जारी हुने तयारी अन्तिम चरणमा पुगेका बेला संविधान ल्याउनै नदिन जातीय विद्वेष फैल्याउने समूह सक्रिय भएकाले सचेत हुनुपर्ने बताए।
सभासद् एवम् काँग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेतले भूकम्पले चिरा परेको पार्टी केन्द्रीय कार्यालय पुनःनिर्माणका लागि जिल्ला कार्यसमितिकातर्फबाट रु पाँच लाख दिने घोषणा गरेका छन्।
annapurnapost.com
0 comments
Write Down Your Responses