निखिलको ‘भैरव’लाई दर्शकको साथ
ताजाखबर, काठमाण्डौ। छायांकन सुरु हुँदा देखी नै दर्शकहरुको प्रतिक्षामा रहेको नेपाली चलचित्र ‘भैरव’लाई शुक्रबार बिहान देखी नै दर्शकहरुले साथ दिएका छन् । पहिलो शो हेर्न गोपिकृष्ण हलदेखी राजधानीका विभिन्न हलमा चाहारेका निखिलाई हलभित्र जान सम्म मुस्किल पर्यो ।दर्शकहरुसँग चलचित्र हेर्न निखिलसहित चलचित्रका केहि कलाकारहरु राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । भैरवको शुक्रबार बिहानको शो राजधानी देखी राजधानी बाहिर सबै हलहरुमा हाउसफुल रहेको बताईएको छ ।
निखिलको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ । भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् ।
चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses